सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन आह्वान

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आवेदन आह्वान

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत गठित सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्ति सिफारिस समितिले रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत छनोट गरी नियुक्तिका लागि सिफारिस गर्न इच्छुक योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो ।

अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारले आगामी २०८३ मंसिर २२ गते मंगलबार कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ ।

दरखास्त फाराम, आवश्यक शैक्षिक योग्यता तथा अनुभव र संलग्न गर्नुपर्ने कागजातसम्बन्धी विस्तृत विवरण सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइट (www.moic.gov.np) तथा सार्वजनिक सेवा प्रसारण संस्थाको वेबसाइट (www.psbnepal.gov.np) बाट प्राप्त गर्न सकिने समितिले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!