घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द हुने

घोप्टेभीरमा दैनिक पाँच घण्टा सडक बन्द हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौँ सडकखण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द रहने जनाएको हो ।

सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खसिरहेको तथा पहिरोको उच्च जोखिम रहेकाले जोखिमयुक्त भागलाई माथिबाटै काटेर सडक सुरक्षित बनाउने उद्देश्यले सवारी आवागमन बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।

 

लिङ्क सफलतापूर्वक कापि गरियो!