धनगढी । अछाममा आयोजित मेलाका क्रममा १९ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–८, दहतालका २४ वर्षीय ज्ञानेन्द्र बलामी मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनलाई घटनाको दोस्रो दिन पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कात्तिक २२ गते ढकारी गाउँपालिकास्थित ढुंगाचाल्लामा लागेको मेलाका क्रममा राति युवतीमाथि बलात्कार भएको आरोप लागेको छ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमले पीडित युवतीले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।