ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘जीबी राईलाई पक्राउ गर्न नसकेर दुर्गा प्रसाईंलाई पक्राउ गरियो’

ज्ञानेन्द्र शाहीको टिप्पणी : ‘जीबी राईलाई पक्राउ गर्न नसकेर दुर्गा प्रसाईंलाई पक्राउ गरियो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेको अवस्थामा दुर्गा प्रसाईंलाई पक्राउ गरेको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै शाहीले पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउ गर्न नसकेर प्रसाईंलाई पक्राउ गरिएको दाबी गरेका हुन्।

शाहीले लेखेका छन्, ‘पूर्वप्रधान न्यायाधीशलाई बिना प्रमाण पक्राउ गर्न नसकेपछि, जीबी राईलाई पक्राउ गर्न नसकेपछि, अब पक्राउको प्यास मेटाउन दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ सरकारले।’

लिङ्क सफलतापूर्वक कापि गरियो!