चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षा दिएर सुरक्षित स्थानमा लगिएको मन्त्री पोखरेलको दाबी

चोलेन्द्रलाई पक्राउ गरिएको होइन, सुरक्षा दिएर सुरक्षित स्थानमा लगिएको मन्त्री पोखरेलको दाबी

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको बताएका छन्। उनले सुरक्षा चुनौती देखिएपछि जबरालाई सुरक्षित स्थानमा लगिएको दाबी गरेका छन्।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबरालाई नियन्त्रणमा वा गिरफ्तार नगरिएको स्पष्ट पारे। उनका अनुसार जबराको परिवारबाट समेत सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन आएको थियो।

मन्त्री पोखरेलले भने, ‘उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। उहाँको आफ्नै परिवारबाट थप सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा निवेदन पठाइएको थियो। उहाँको सुरक्षामा प्रश्न आएपछि सुरक्षा प्रदान गर्न रेस्क्यु गरेर सुरक्षित स्थानमा लगिएको हो।’

उनका अनुसार जबरालाई कुनै सम्भावित सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा सारिएको हो। उक्त जोखिम जेनजी समूहबाट नभई अज्ञात समूहबाट मोबाइलमा सन्देशमार्फत आएको उनले बताए।

यसअघि प्रहरीले पनि सुरक्षा चुनौती देखिएपछि जबरालाई उनको निवासबाट कार्यालयतर्फ लगिएको जनाएको थियो। घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले समेत गम्भीर ध्यानाकर्षण जनाएको समाचार सार्वजनिक भएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!