पश्चिमी र न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कोशी र मधेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी र न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कोशी र मधेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमानअनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो मधेश र कोशी प्रदेशका साथै गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

आज राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!