सीद्वारा एसिया–प्रशान्त सहयोगका लागि २ करोड डलर सहयोग घोषणा

सीद्वारा एसिया–प्रशान्त सहयोगका लागि २ करोड डलर सहयोग घोषणा

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले शेन्जेनमा आयोजित ३३औँ एपेक आर्थिक नेताहरूको सम्मेलनमा स्वतन्त्र व्यापार, आर्थिक विविधीकरण तथा डेटा व्यवस्थापनसम्बन्धी नियमहरूको समर्थन गरेका छन् ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै सीले चीन एसिया–प्रशान्त क्षेत्रसँग जोडिएको मुलुक भएकाले यस क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने बताए ।

‘चीनको जरा एसिया–प्रशान्त क्षेत्रमा छ र उसले एसिया–प्रशान्त सहयोगलाई समर्थन गरिरहनेछ,’ उनले भने ।

सीले एसिया–प्रशान्त सहयोगका लागि चीनका तर्फबाट २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरे । साथै, शेन्जेनमा एसिया–प्रशान्त अध्ययन केन्द्र स्थापना गर्ने जानकारी पनि दिए ।

सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङलगायत विश्वका नेताहरूले सामूहिक तस्बिर खिचाएका थिए ।

लिङ्क सफलतापूर्वक कापि गरियो!