काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३३ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७५ रुपैयाँले घटेर ३ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ३ हजार १३० रुपैयाँ कायम भएको छ।