जेनजी आन्दोलनका क्रममा फरार भएका बन्दी सिरहामा पक्राउ

जेनजी आन्दोलनका क्रममा फरार भएका बन्दी सिरहामा पक्राउ

सिरहा । जेनजी आन्दोलनका क्रममा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक बन्दीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका–७ निवासी करिब २२ वर्षीय दुर्गेश यादव पक्राउ परेका हुन् । उनी लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका बेला आन्दोलनका क्रममा फरार भएका थिए ।

प्रहरीका अनुसार मंसिर ११ गते दिउँसो ३ः२५ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ माडर क्षेत्रबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!