रुसको रक्षा बजेट कीर्तिमानी स्तरमा, सन् २०२७ मा २०९ अर्ब डलर खर्च गर्ने योजना

रुसको रक्षा बजेट कीर्तिमानी स्तरमा, सन् २०२७ मा २०९ अर्ब डलर खर्च गर्ने योजना

काठमाडौं । रुसको तल्लो सदन (स्टेट ड्यूमा) ले सङ्घीय बजेटको मस्यौदा पारित गरेको छ। यससँगै रुसले आगामी वर्षहरूमा रक्षा क्षेत्रमा गर्ने खर्चको योजना अघि बढाएको छ।

पारित बजेट मस्यौदाअनुसार सन् २०२७ देखि २०२९ सम्म रुसको कुल रक्षा खर्च ५० ट्रिलियन रुबल अर्थात् करिब ६०९ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।

रुसले सन् २०२७ मा रक्षा क्षेत्रमा १७.५ ट्रिलियन रुबल अर्थात् करिब २०९ अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ। यो सन् २०२६ का लागि विनियोजित १५७.४ अर्ब डलरको तुलनामा उल्लेख्य वृद्धि हो।

यद्यपि, त्यसपछिका वर्षमा रक्षा खर्च केही घट्ने अनुमान गरिएको छ। बजेट योजनाअनुसार सन् २०२८ मा रुसले रक्षा क्षेत्रमा २०२ अर्ब डलर र सन् २०२९ मा १९८.४ अर्ब डलर खर्च गर्नेछ।

सन् २०२७ को रक्षा बजेट सोभियत सङ्घ विघटनपछिकै सबैभन्दा ठूलो हुने बताइएको छ। उक्त वर्ष रुसको कुल सरकारी खर्च ५९३.३ अर्ब डलर पुग्ने अनुमान छ। यसमध्ये करिब ३५ प्रतिशत रकम राष्ट्रिय रक्षाका लागि छुट्याइनेछ।

‘मिलिटार्नी’ वेबसाइटका अनुसार यी तथ्याङ्कमा बजेटको सार्वजनिक तथा गोप्य दुवै शीर्षकअन्तर्गतका खर्च समावेश छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!