हिमलुङ हिमालको हिउँपहिरोमा थप तीन शव फेला, मृतकको संख्या ७ पुग्यो

हिमलुङ हिमालको हिउँपहिरोमा थप तीन शव फेला, मृतकको संख्या ७ पुग्यो

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिउँपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो। उनीहरू तीनै जना हिमालयन होलिडेज ट्राभलसँग आबद्ध रहेको जनाइएको छ।

थप तीन जनाको शव फेला परेसँगै हिमलुङ हिमाल दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। अझै ९ जना बेपत्ता रहेको बताइएको छ।

बेपत्ताहरूको खोजी तथा उद्धारका लागि हिमलुङ क्षेत्रमा विशेष उद्धार टोली परिचालन गरिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!