काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ५६ जना र रातो बत्ती उल्लंघन गर्ने ५० जना चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १०० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १३ जना, सवारीको अवस्था ठीक नभएका ३६ जना र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ६ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले अन्य कसुरमा ५२१ जना चालकलाई समेत कारबाही गरेको जनाएको छ।