काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुने दोस्रो खेल ५–५ ओभरमा खेलाइने भएको छ।
वर्षाका कारण मैदान समयमा खेल्न योग्य नभएपछि खेलको ओभर घटाइएको हो। निर्धारित समयअनुसार खेल सञ्चालन हुन नसकेपछि आयोजकले ओभर घटाएर खेलाउने निर्णय गरेको हो।
प्रतियोगितामा विराटनगर किंग्सले लगातार दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिम रोयल्सले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ।
यसअघि आजै हुने तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल भने वर्षाका कारण रद्द भएको थियो।