काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम फेरबदल गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार सातौँ स्थानमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् ।
उनको मर्यादाक्रम बढेसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको मर्यादाक्रम तल झरेको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको नयाँ मर्यादाक्रमअनुसार खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ स्थानमा रहेका छन् ।
१७ सदस्यीय मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ ।