नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका मुलुकको संख्या १८७ पुग्यो

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका मुलुकको संख्या १८७ पुग्यो

काठमाडौं । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १८७ पुगेको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा असिपाला मुसाभीले कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन्।

हस्ताक्षरअघि दुवै देशका परराष्ट्रमन्त्रीबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो क्रममा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिका विषयमा समेत विचारविमर्श भएको थियो।

दुवै मन्त्रीले नेपाल र नामिबियाबीच द्विपक्षीय सहयोग विस्तारका नयाँ सम्भावना पहिचान गर्दै दुई देश तथा जनताको साझा प्रगति र समृद्धिका लागि सहकार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपाल र नामिबियाबीच आपसी हितका क्षेत्रमा सहकार्य तथा सम्बन्ध विस्तारका लागि औपचारिक आधार तयार भएको छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!