काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्न टर्की प्रस्थान गर्नुभएको छ। टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो।
सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ। साथै, उहाँले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण नेपालको हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुनेछ।
त्यसैगरी, जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीबापतको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण र हिमाली पारिस्थितिक प्रणालीको संरक्षणलगायतका विषयमा नेपालको धारणा प्रस्तुत गर्नुहुने उहाँको सचिवालयले जनाएको छ।