काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) ले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै नयाँ आन्दोलन घोषणा गरेको छ।
सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत आन्दोलनसम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको पोस्टरमा अक्टोबर २ मा मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने उल्लेख छ।
दीपकेले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई पुनः दोहोर्याएका छन्। सीजेपीले यसअघि पनि ज्ञानेश कुमारले पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।
यसैबीच, सीजेपीलाई मुम्बईमा उक्त आन्दोलन आयोजना गर्न अनुमति नदिइएको जनाइएको छ। आन्दोलनका लागि अनुमति नदिइएको विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।