भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ र ७ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै वार्ता गर्नेछन् । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ ।

भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग विस्तार, अन्तर्राष्ट्रिय हवाई सम्पर्क सुदृढीकरण तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!