काठमाडौं । अमेरिकाले मध्यपूर्वमा थप एक विमानवाहक पोत ‘युएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ । बीबीसी पर्सियनका अनुसार अमेरिकी सैन्य अधिकारीहरूले सीबीएस न्युजलाई यसबारे जानकारी दिएका हुन् ।
यसअघि नै मध्यपूर्व क्षेत्रमा अमेरिकाका अन्य दुई विमानवाहक पोत ‘युएसएस जर्ज एचडब्ल्यु बुश’ र ‘युएसएस जर्ज वासिङ्टन’ पनि तैनाथ छन् ।
यद्यपि, तीनवटै विमानवाहक पोत एकैसाथ मध्यपूर्वमा रहने अवधि अस्थायी हुने सम्भावना छ ।
विमानवाहक पोतका लडाकु समूहहरू (कम्ब्याट ग्रुप्स) निश्चित सैन्य परिचालन व्यवस्थाअनुसार विभिन्न क्षेत्रमा खटिने र समयअनुसार आफ्नो तैनाथी स्थान परिवर्तन गर्ने भएकाले तीनवटै पोतको एकै क्षेत्रमा लामो समयसम्म उपस्थिति नरहन सक्ने जनाइएको छ ।