काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला तीन हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ कायम भएको छ ।
पछिल्लो केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ ।