एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने प्रतिस्पर्धामा विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् । त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहनेछ ।

आजको नतिजाले एनपीएलको अंकतालिकामा समेत प्रभाव पार्ने भएकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!