तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११ हजार ३०० रुपैयाँले घट्यो

तिहारपछि खुलेको बजारमा सुनको मूल्य तोलामा ११ हजार ३०० रुपैयाँले घट्यो

काठमाडौँ । तिहार बिदापछि खुलेको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। तिहारअघि अन्तिम कारोबार दिन अर्थात् कात्तिक २२ गते सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि ९ हजार ६८५ रुपैयाँले घटेर २ लाख ३२ हजार ९४० रुपैयाँ कायम भएको छ। तिहारअघि १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ६२५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको छ। तिहारअघि चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य ९५ रुपैयाँले घटेर ३ हजार १७२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तिहार बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव तथा गिरावटको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!