काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारका अवसरमा सर्वसाधारणलाई बिक्री गर्न लागेको सुनको असर्फी र चाँदीको मेडालियनको मूल्य निर्धारण गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २.५ ग्राम तौलको सुनको असर्फीको मूल्य प्रतिथान ६५ हजार ४०० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, १० ग्राम तौलको चाँदीको मेडालियनको मूल्य प्रतिथान ३ हजार ८०० रुपैयाँ निर्धारण गरिएको बैंकले जनाएको छ।
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बिहीबार र शुक्रबार बिक्री गर्ने जनाएको छ। तिहारलाई लक्षित गरी बैंकले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता असर्फी तथा मेडालियन बिक्री गर्दै आएको छ।