काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आगामी असोज २६ गते (अक्टोबर १२) भारत जाने भएका छन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत जान लागेका हुन्।
नयाँदिल्लीमा हुने बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।
यो गृहमन्त्री गुरुङको पद सम्हालेपछि हुने पहिलो विदेश भ्रमणसमेत हुनेछ। बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा सहकार्यलगायतका साझा विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गुरुङले बैठकका क्रममा भारतीय गृहमन्त्री अमित शाहलगायत आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने सम्भावना रहेको नेपाली अधिकारीहरूले बताएका छन्।