कांग्रेसको १५औँ महाधिवेशनमा ओली, दाहाल र लामिछाने सहभागी हुने

कांग्रेसको १५औँ महाधिवेशनमा ओली, दाहाल र लामिछाने सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाधिवेशनमा सहभागी हुने तय भएको हो।

कांग्रेस नेता उदयशमशेर राणाका अनुसार रास्वपा सभापति लामिछानेले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने जानकारी गराएका छन्। कांग्रेसले ओली, दाहाल र लामिछानेलाई उद्घाटन समारोहका लागि औपचारिक निमन्त्रणा दिएको थियो।

यस्तै, एमाले अध्यक्ष ओली र नेकपा संयोजक दाहाल पनि उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको कांग्रेसले जनाएको छ। उनीहरूले महाधिवेशनमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको बताइएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!