काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ।
खेल रद्द भएपछि वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपालको एसियन गेम्स यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।
नेपाल समूह चरणमा अफगानिस्तानलाई पराजित गर्दै र जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वाटरफाइनलमा पुगेको थियो।
तर क्वाटरफाइनल खेल वर्षाका कारण सञ्चालन हुन नसकेपछि नेपालले सेमिफाइनलमा पुग्ने अवसर गुमाएको हो।