आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि उक्लियो, १४औँ स्थानमा

आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि उक्लियो, १४औँ स्थानमा

काठमाडौं । नेपाल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १६औँ स्थानबाट १४औँ स्थानमा पुगेको हो। नेपाल लामो समयदेखि १६औँ स्थानमा रहँदै आएको थियो।

नेपालले शुक्रबार एसियाली खेलकुदअन्तर्गत भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। त्यसपछि सार्वजनिक भएको वरियतामा नेपालको स्थानमा सुधार आएको हो।

टी–२० अन्तर्राष्ट्रिय वरियताको शीर्ष स्थानमा भारत कायमै छ। नेपालसँग पराजित भएपछि अफगानिस्तान एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ। श्रीलंका भने एक स्थान सुधार गर्दै नवौँ स्थानमा उक्लिएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!