नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका–१० स्थित अरुण खोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
कावासोती नगरपालिका–१६, डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् ।
दुर्घटनामा घाइतेमध्ये नौ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ भने दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको नाम खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।