२४ घण्टामा ९१० सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा ९१० सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० जना सवारी चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सीसीटीभीमार्फत ४४ र रातोबत्ती उल्लङ्घन गर्ने ३७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्र गतिमा सवारी चलाउने ८२, हर्न निषेध उल्लङ्घन गर्ने २०, सवारीसाधनको अवस्था ठीक नभएका ४४ तथा अन्य कसुरमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 
लिङ्क सफलतापूर्वक कापि गरियो!