संघीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न सिफारिस

संघीय संसद्को चालु अधिवेशन असोज १६ गते अन्त्य गर्न सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

संविधानअनुसार संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।

संघीय संसद्को चालु अधिवेशन वैशाख २८ गतेदेखि सुरु भएको थियो। प्रतिनिधिसभामा हाल १० वटाभन्दा बढी विधेयक विभिन्न चरणमा समितिहरूमा विचाराधीन रहेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!