अमेरिकी डलर र अन्य मुद्राको आज कति छ विनिमयदर ?

त्यसलाई बाढीको रूपमा मात्र लिन्नँ, न त त्यो सामान्य छाल नै थियो । त्यो त मिसाइल स्टाइल हानेजस्तो थियो, क्षणभरमै सबै बगाएर लग्यो । कसैलाई च्याँचुसम्म गर्न समय थिएन ।
भोटेकोशीको बाढीले सडक र पुल ध्वस्त बनाएपछि रसुवामा उद्धार तथा राहतका लागि हेलिकोप्टरमै निर्भर हुनुपर्‍यो, तर उडान समन्वय र सुरक्षित अवतरणका पूर्वाधारको अभाव ठूलो चुनौती बन्यो। कहिल्यै प्लाटस पोर्टर उड्ने लाङटाङ विमानस्थल सञ्चालनमा भएको भए साना विमानमार्फत एकैपटक धेरै यात्रु र राहत सामग्री ओसार्न सकिन्थ्यो तथा हेलिकोप्टरको चाप घट्ने थियो। सञ्चार, इन्धन र उद्धार पूर्वाधारविहीन भएर कागजमा मात्र सीमित लाङटाङ विमानस्थलले विपद्का बेला वैकल्पिक हवाई ‘लाइफलाइन’को सम्भावना र पुनःसञ्चालनको आवश्यकता उजागर गरेको छ। काठमाडौँ — भोटेकोशी नदी उर्लिएपछि रसुवाका सडक ध्वस्त बने । पुलहरू बगे । ठूलो जनधनको क्षति भयो । पुल नै नरहेपछि वारिपारि बस्तीको सम्पर्क टुट्यो । त्यसपछि उद्धार र राहतको वैकल्पिक बाटो बन्यो– आकाश । त्यही आकाशमा पनि संकट कम थिएन । एकै क्षेत्रमा सैनिक र गैरसैनिक गरी दुई दर्जनभन्दा बढी हेलिकोप्टर परिचालन गर्नुपर्दा उडान समन्वय, सञ्चार र सुरक्षित अवतरणका पूर्वाधारको अभाव उत्तिकै चुनौती बन्यो । त्रिशूलीमा रहेको नेपाली सेनाको तालिम केन्द्रको चौरबाट सैनिक निगरानीमा हेलिकोप्टरहरू उडाउनुपर्‍यो । यही हतार र अभावबीच धेरै पुराना उड्डयनकर्मीको सम्झनामा आयो– लाङटाङ विमानस्थल । केही दशकअघि यही हिमाली भूगोलमा प्लाटस पोर्टर उड्थ्यो । पर्यटक, परियोजनाका सामान र कहिलेकाहीँ राहत बोकेर । आज भने त्यही धावनमार्ग धेरैले बिर्सिइसकेका छन् । २०४६ यता हुर्किएको पुस्तालाई लाङटाङ विमानस्थलको कुनै सम्झना छैन । यदि यो विमानस्थल हाल सञ्चालनमा भइदिएको भए के हुन्थ्यो ? धेरै खेपमा हेलिकोप्टरबाट ओसार्नुपर्ने मानिस वा राहत सामग्री निश्चित क्षमताको विमानबाट एकै खेपमा ओसार्न सकिने अवस्था बन्न सक्थ्यो । विमानस्थलसँगै सञ्चार र उडान व्यवस्थापनको पूर्वाधार भएको भए हेलिकोप्टरका उडान पनि थप सहज र व्यवस्थित हुन सक्थे । अर्थात्, अहिले सुनसान रहेको लाङटाङको धावनमार्ग विपद्का बेला अर्को एउटा हवाई ‘लाइफलाइन’ बन्न सक्थ्यो ।नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता तथा एटीसी ज्ञानेन्द्र भुल भन्छन्, 'यदि अहिले लाङटाङ सञ्चालनमा आएको भए विपद्को राहत र उद्धारमा ठूलो सहयोग पुग्न सक्थ्यो ।' सैनिक र गैरसैनिक उडानको एक साताको तथ्यांक हेर्दा त्रिशूली र आसपासमा मात्रै झन्डै १ हजार टेकअफ–ल्यान्डिङ भए । त्यहाँ सञ्चार उपकरणसहित साना १९ सिटे विमान सञ्चालन गर्न सकिने पूर्वाधार भइदिएको भए हराइरहेका सयौं मानिसको खोजी, राहत ओसारपसार र विदेशीका चार्टर उडानका लागि हेलिकोप्टरमै निर्भर रहनुपर्ने अवस्था केही हदसम्म कम गर्न सकिन्थ्यो । आवश्यकताअनुसार वा चार्टर शुल्क तिरेर घटनाकै दिन हेलिकोप्टर लैजानुपर्ने चाप पनि कम हुन सक्थ्यो । चलायमान त्यो लाङटाङ विमानस्थल केही दशकअघि यही लाङटाङमा तत्कालीन शाही नेपाल वायुसेवा निगमद्वारा सञ्चालित सिंगल इन्जिन प्लाटस पोर्टर उड्थे । कहिले पर्यटक बोकेर, कहिले परियोजनाको सामान बोकेर, कहिले चार्टर । त्यो समय सडकले नछोएको रसुवाको पहाडी भूगोलमा विमानस्थल आफैं एउटा ठूलो पूर्वाधार बनेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको आधिकारिक अभिलेखमा लाङटाङ विमानस्थल अझै छ । तर ‘एयरपोर्ट नट इन अपरेसन’ सूचीमा । प्राधिकरणको हालको विमानस्थल विवरणअनुसार लाङटाङको विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कोडसहितको विवरण राखिएको छ । समुद्री सतहबाट यसको उचाइ ३ हजार ६ सय ५८ मिटर अर्थात् करिब १२ हजार फिट छ । धावनमार्ग ४ सय २० मिटर लम्बाइ र ३० मिटर चौडाइको कच्ची सतहमा रहेको छ ।
लिङ्क सफलतापूर्वक कापि गरियो!