ओलीद्वारा चार प्रदेशका एमाले नेताहरूलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन

ओलीद्वारा चार प्रदेशका एमाले नेताहरूलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका नीतिगत तथा सांगठनिक निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

सम्बोधनका क्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली तथा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै पार्टीका गतिविधिलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूसँग संवाद गरेका ओलीले त्यसैको निरन्तरताका रूपमा बाँकी चार प्रदेशका स्थानीय तहसम्मका अगुवा नेताहरूसँग संवाद गर्दै आवश्यक निर्देशन दिएका हुन्।

एमालेले पछिल्लो समय ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी स्थानीय निर्वाचनको बहुआयामिक तयारी’लाई सांगठनिक प्राथमिकताका रूपमा अघि बढाउँदै देशव्यापी अभियान सञ्चालन गरिरहेको जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!