कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी, सीसीटीभीमा कैद भयो चोरको गतिविधि

कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी, सीसीटीभीमा कैद भयो चोरको गतिविधि

काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको छ । बुधबार बिहान उज्यालो नहुँदै झ्यालबाट भित्र पसेका एक व्यक्तिले केन्द्रमा रहेको कम्प्युटर चोरी गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले जानकारी दिएका छन् ।

मन्त्री पुनले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरेको र त्यहाँ रहेको कम्प्युटरजस्तो देखिने उपकरण उठाएर बाहिरिएको देखिन्छ । चोरीमा संलग्न व्यक्तिको अनुहारसमेत भिडियोमा प्रस्ट देखिएको छ ।

घटनापछि मन्त्री पुनले सीसीटीभी फुटेज सार्वजनिक गर्दै चोरीमा संलग्न व्यक्तिलाई चिन्ने वा उनको बारेमा कुनै जानकारी हुने व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले त्यस्तो जानकारी भए ९८४१५९२३६१ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रमा भएको चोरीको घटनाबारे थप विवरण, चोरी भएको उपकरणको पहिचान तथा घटनामा संलग्न व्यक्तिबारे थप जानकारी भने सार्वजनिक हुन बाँकी छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!