जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नीले जनकपुरधामस्थित गंगासागर घाटमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।
छठ पर्वको अन्तिम दिन बिहानै घाटमा पुगेर लामिछाने दम्पतीले विधिपूर्वक सूर्यलाई अर्घ दिएका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।