पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा सामान्यतया बादल लागेको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

राति तराईका भूभाग, उपत्यका तथा खोँचका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!