लेलेप केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का

लेलेप केन्द्रविन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । नेपालको कोशी प्रदेशस्थित लेलेप क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । एन्ड्रोइड भूकम्प अलर्ट सिस्टमका अनुसार बिहान ७:१७ बजे गएको भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड अनुमान गरिएको छ ।

लेलेपबाट करिब ८ किलोमिटर टाढा केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको बताइएको छ । काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

बिहानै भूकम्प गएपछि प्रभावित क्षेत्रका बासिन्दा त्रसित भएका थिए । उनीहरू घरबाट बाहिर निस्किएका थिए ।

भूकम्पबाट भएको सम्भावित धनजनको क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन । यसबारे आधिकारिक निकायबाट थप विवरण आउन बाँकी छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!