सिड्नी, अष्ट्रेलिया । ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्र (जीएसएनएमसी) ले सदस्य सम्मान तथा सहयोग संकलनसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम आगामी नोभेम्बर २८, २०२६ शनिबार साँझ ५ बजे सिड्नीस्थित वेस्ली सम्मेलन केन्द्र, २२० पिट स्ट्रिटमा आयोजना हुनेछ ।
‘नेपाली उत्कृष्टता, संस्कृति र समुदायको उत्सव’ नारासहित आयोजना हुने कार्यक्रममा नेपाली कला, संस्कृति तथा समुदायका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व र सदस्यहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा लोकप्रिय नेपाली कलाकार तथा व्यक्तित्वहरू मनोज गजुरेल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. भगवान् कोइराला र शान्तिश्री परियार सहभागी हुने जनाइएको छ ।
रेइ कर्पोरेट समूहको मुख्य प्रस्तुतिमा तथा ग्रेटर सिड्नी नेपाली बहुसांस्कृतिक केन्द्रको आयोजनामा हुन लागेको कार्यक्रममा विभिन्न व्यवसाय तथा संघसंस्थाले सहकार्य र प्रायोजन गरेका छन् ।
कार्यक्रममा सहभागी हुन पोस्टरमा उपलब्ध क्यूआर कोडमार्फत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ । थप जानकारीका लागि सुधर्शन, बिकेन्द्र र प्रतिज्ञालाई सम्पर्क गर्न सकिनेछ ।
