सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ४७ हजार ४०० पुग्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ४७ हजार ४०० पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज ४ हजार ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ हजार ११० रुपैयाँ पुगेको छ ।

लामो समयदेखि घट्दै आएको अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज बढेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

लिङ्क सफलतापूर्वक कापि गरियो!